२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको २ पेट्रोल पम्पमा शिलबन्दी


प्रकाशित: सोमबार, ७ माघ २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौंको २ पेट्रोल पम्पलाई नेपाल गुणस्तर तथा नापतौल विभागले सोमबार शिलबन्दी गरेको छ ।


काठमाडौंको चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवी आयल स्टोर्सलाई शिलबन्दी गरेको विमागले जनाएको छ । 


विभागले लगाएको शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गरेकोले सो आयल स्टोर्सहरुलाई कारवाही गरिएको हो । 


विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार शिल तोडेर नक्कली शिल लगाई बिक्री–वितरण गरेको आधारमा शिलबन्दी गरेको जानकारी बताए ।


दुबै पेट्रोल पम्पका सञ्चालक एकै जना भएको विभागले जनाएको छ ।

 
विभागले स्ट्याण्डर्ड नाप र तौल ऐन, २०२५ तथा नियमावली २०२७ अनुसार उक्त दुबै पम्पमा शिलबन्दी तथा कारोबार रोक्का गरी थप कानूनी प्रक्रिया अगाडि बढाइएको महानिर्देशक पुडासैनीले जानकारी दिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex