काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले काठमाडौंका विभिन्न क्षेत्रमा उल्लेखनीय जित हासिल गरेका छन ।
काठमाडौं क्षेत्र नम्बर ८, १ र ६ मा रास्वपाका उम्मेदवारहरू विजयी भएका हुन ।
काठमाडौं क्षेत्र नम्बर ८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ २४,५९२ मत प्राप्त गर्दै निर्वाचित भएका छन । उनका निकटतम प्रतिस्पर्धी नेकपाका सुमन सायमिले ३,२१७ मत प्राप्त गरे ।
त्यस्तै, काठमाडौं क्षेत्र नम्बर १ मा रास्वपाकी रञ्जु दर्शना १५,४५५ मतसहित विजयी भएकी छन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६,३६४ मत प्राप्त गरेका छन ।
यसैगरी काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपाका शिशिर खनाल २७,७१९ मत प्राप्त गर्दै निर्वाचित भएका छन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण सबुज बानियाँले ६,६४७ मत प्राप्त गरेका छन ।
Categorized in राष्ट्रिय