काठमाडौं । काठमाडौं महानगरपालिका– १९ वडा जनसेवास्थित दमाईटोलमा एक मजदुर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रङरोगनको काम गर्ने सर्लाही लालबन्दी नगरपालिका–८ घर भई काठमाडौँमा डेरा गरी बस्ने २८ वर्षीय अनिल थारु आफ्नै कोठामा मंगलवार मृत फेला परेको हो ।
मृत्युको कारण नखुलेको र घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज