काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी फागुन ७ गतेबाट काठमाडौं–५ हाँडिगाउँका विभिन्न बाटाहरु एकतर्फी संचालन (वान–वे) गर्ने भएका छन ।
महानगरले एक सुचना प्रकाशित गरी महानगरपालिकाको भवन व्यवस्था समितिको मिति २०८१ पुस ५ गतेको निर्णयानुसार मिति २०८१ फागुन ७ गतेबाट लागू हुने सडकमा एक तर्फबाट मात्र सवारी साधन सञ्चालन हुने व्यवस्था गरिने जानकारी दिएको छ ।
वान–वे हुने सडकहरुः
१) काठमाडौँ महानगरपालिका वडा नं. ५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महाङ्काल मार्ग–हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने ।
२) विशालनगर तर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महाङ्काल तर्फमात्र प्रवेश गर्न पाउने ।
३ ) हाँडीगाउँ हुँदै ढुङ्गेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट पठाउने ।
४) नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने ।
५) ढुङ्गेधाराबाट हात्ती महाङ्कालतर्फ प्रवेश निषेध ।
६) वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध ।
७) बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध ।
11 Ferbury 2025, Tuesday
Categorized in वडा