१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौंको हाँडीगाउँमा बिपी अनुसन्धान केन्द्र बन्ने, महानगरको २ करोड सहयोग


प्रकाशित: विहिवार, १७ असार २०७८, १२ः०१ बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौँ महानगरको वडा ५ हाँडीगाउँमा निर्माण हुन गईरहेको ‘बिपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ निर्माणको लागि काठमाडौं महानरपालिकाले सहयोग प्रदान गरेको छ । 


जननायक बिपी कोइराला मेमोरियल ट्रष्टले निर्माण गर्न लागेको सो भवनको लागि महानगरले २ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।


बुधववार एक कार्यक्रमविच काँग्रेस सभापति शेरबहादुर देउवा, बिपीपुत्र डा. शशांक कोइराला र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गरे ।


भवन निर्माणका लागि वागमती प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराउने छ भने ट्रष्टले १ करोड रुपैयाँ लगानी गर्नेछ । थप रकम दाताबाट जुटाउने ट्रष्टले जानकारी दिएको छ । भवन निर्माणको लागत करीब ४ करोड ५० लाख रहने अनुमान छ ।


शिलान्यास कार्यक्रमलाई काँग्रेस सभापति देउवाले आगामी दिनमा आम नेपालीका लागि यो केन्द्र कोइरालाको ख्याती र उहाँका बारेमा अध्ययन–अनुसन्धान गर्ने केन्द्रका रुपमा दरिलो गरी उभिने अपेक्षा लिएको बताए । 


सो अवसरमा काँग्रेस महामन्त्री विपीपुत्र शशांक कोइरोलाले काठमाडौँ महानगरपालिकाका मेयर शाक्यलाई धन्यवाद ज्ञापन गरेका थिए ।  


कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले आफु कुनै समय बिपीलाई हेर्न र सुन्न सार्बजनिक कार्यक्रममा जाने गरेको स्मरण गरे । 


शाक्यले आफू स्वर्गीय विपीको कार्यकर्ता नभए पनि एक अनुयायी भएको समेत बताएका थिए । । ‘देश विकासका लागि जीवन समर्पण गर्ने सबै नेता आदरणीय हुनुहुन्छ,’ शाक्यले भने । 


ट्रष्टका महासचिव रामचन्द्र पोख्रेल, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष रमेश डंगोलसहित विभिन्न क्षेत्रका पदाधिकारीहरुको सहभागिता थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD