काठमाडौं । काठमाडौंको हलचोकमा एक महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।
नागार्जुन–५, पाँचधारा हलचोकमा ४५ वर्षीया निरमाया चेम्जुङ मृत भेटिएकी हुन ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्या आरोपमा पाँचधारा खानेपानी ट्याङ्कीमा चौकीदारको रुपमा काम गर्ने ३७ वर्षीय प्रकाश थापा पक्राउ परेका छन ।
प्रहरीका अनुसार मंगलबार बिहान ज्यामी काम गर्ने धरान घर भइ हलचोक बस्दै आएकी चेम्जुङ मृत भेटिएकी थिइन ।
प्रहरी अनुसन्धानका क्रममा सोमबार राति निरमाया अभियुक्त थापाको कोठामा जाँदा भएको वादविवाद चेम्जुङ पेटमा लात्तीले हानेर बेहोस बनाएको देखिएको प्रहरीले जनाएको छ ।
प्रकाश र निरमायाबीच विगत दुईरतीन वर्षदेखि चिनजान भएर एकअर्काको कोठामा आवतजावत हुने गरेको देखिएको प्रहरीको भनाइ छ ।
Categorized in समाज