काठमाडौं । काठमाडौं उपत्यकाको सुरक्षा व्यववस्था सुदृढ पार्न २१ हजार ४४१ सिसी क्यामेरा जडान गरिनुपर्ने महानगरीय प्रहरी कार्यलय रानीपोखरीको अध्ययनले देखाएको छ ।
कार्यलयका प्रमुख एंव प्रहरी नायब महानिरिक्षक शैलेश थापाका अनुासर उपत्यकामा एक व्यक्ति पूर्ण रुपमा सुरक्षित रहन उपत्यकामा थप सिसी क्यामेरा जडानको आवश्यक रहेको बताए ।
अध्ययनअनुसार काठमाडौँमा नौ हजार ११७, भक्तपुर पाँच हजार ९८५ र ललितपुरको ६ हजार ३३९ स्थानमा क्यामरा राख्नुपर्ने देखिएको छ ।
हाल उपत्यकामा ५२९ सिसी क्यामरा रहेकोमा काठमाडौँमा ४०३, ललितपुरमा ३३ र भक्तपुर २४ क्यामरा रहेका छन ।
अहिले उपत्यकामा सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै अपराधको घट्नाबारे बुझ्न तथा कार्वाही प्रक्रिया अघि बढाउनको लागि ८१ स्थानमा कन्ट्रोल रुप भेईलक (सिआरभी) राखिएको छ ।
तर अव यी अपुग भएको अध्ययनले जनाएको छ । उपत्यकामा जनसंख्या बृद्धिलाई ध्यानमा राख्दै थप ८१ स्थानमा सिआरभी भेइकल थप्नु पर्ने देखिएको छ ।
हाल काठमाडौँमा ५४, भक्तपुरमा ११ र ललितपुरमा १६ सिआरबी भेइकल राख्ने व्यवस्था गरिए पनि हाल काठमाडौँमा ४५, भक्तपुरमा ११ र ललितपुरमा १५ सिआरभी भेइकल रहेका छन ।
काठमाडौँ उपत्यकामा विसं २०६३ देखि सिआरभी भेइकलबाट सुरक्षा दिन थालिएको हो ।
Categorized in राष्ट्रिय