१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको सिनामंगलमा एक युवायुवती मृत फेला


प्रकाशित: आइतवार,९ मंसिर २०८१, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती मृत फेला परेको प्रहरीले जनाएको छ । 


आइतबार बिहान काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलमा ती युवायुवती चौथो तलाको बरण्डामा मृत फेला परेका हुन ।


प्रहरीका अनुसार मृतक सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङका २९ वर्षीया सर्मिलाकुमारी माझी रहेको उनीहरुको साथमा भेटिएको पासपोर्टबाट खुलेको छ । 


शनिबार साँझ पौने ७ बजे उनीहरू कोठा नम्बर १२० मा बसेका थिए। शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्केका थिए दुबै जना बरण्डाको रेलिङमा सेतो सलमा झुण्डिएको अवस्थामा फेला परेका हुन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex