सन्दर्भ, रानीपोखरीस्थित जनवहाः रथ (सेतो मच्छिन्द्रनाथ) तान्ने सडकमै डिजिटल बोर्डको कंक्रिट संरचना निर्माण ।
धन्न, समयमै स्थानीय, सम्पदा अभियान्ता, सरोकारवालाहरुले थाहा पाएर सो अतिक्रमण हुनबाट बच्यो ।

अहिले सो क्षेत्रमा निर्माण गरिएको संरचना पूर्ण रुपमा हटाईएको छ । त्यो सडक सांस्कृतिक सडक भन्दा फरक नपर्ला ।
दुनियाँलाई थाहा छ कि त्यही सडकबाट हजारौ मानिसहरुको उपस्थितीमा जनबहाः रथ तानेर पहिलो दिन असन लगिन्छ भनेर ।
तर राज्यको निकायलाई उक्त बाटो रथ तान्ने बाटो हो भन्ने थाहा नभएको भनेर पन्छिन खोजेको छ । यो भनेको एक किसिमको हेपाह प्रबृति हो । संरचना बनाई हालौै, विरोध भयो भने चुपचाप, भएन भने काम चलाउ ।
बाटोमा एकतर्फी रुपमा संरचना निर्माण गरियो, न वडालाई थहा छ, न महानगरपालिका, न त सरोकारवालाहरुलाई कति सम्मको अतिक्रमणवादी सोच हो यो ।
यो सडक अतिक्रमणमै छ । सर्वसाधरण हिड्ने ठाउँ नै छैन । एक छेउमा मोटरसाईकल पार्किङ, हिड्ने बाटोमा अस्थायी तारको घेरा, हिड्ने अवस्था छैन । त्यही बाटोबाट हिड्नु परयो भने अकाशे पुलबाट तल झरेर बल्ल जमल जानु पर्ने अवस्था छ । असक्त, बृद्धाबृद्धहरुको लागि सो बाटो काम नै छैन भन्दा पनि हुन्छ ।
बर्षको ३६४ दिननै सो बाटो एक किसिमको अघोषित बन्द जस्तै हुन्छ । बर्षको एक दिन जनबहाः रथ तान्ने दिन सो बाटो पूर्ण रुपमा खुला हुने गरेको छ ।
यो त देखिएका अतिक्रमण हो । नदेखिएको कति हो कति, अनगिन्ती....
कोरसिटीको मन्दिर, पौवा, सतल, सडकको अवस्था हेरौ, अहिले कस्तो छ ? स्थानिय, सम्पदा सरोकार निकाय, संघ, संस्थाले अतिक्रमणविरुद्ध लगातर विरोध गर्दै आईरहेको छ , राज्यको निकायलाई पटक पटक सुचित नगरेको पनि होईन तर राज्य कानमा तेल हाल बसेको छ, उसलाई मतलवनै छैन ।
कहिले गुठी, कहिले मन्दिर, कहिले बाटो, कहिले फल्चा, ढुंगेधरा, फुटपाथको नाममा सडक अतिक्रमाण, अतिक्रमणै, अतिक्रण ......
आखिर किन ? उत्तर खोजौ, लेखौ, बोलौ, विरोध गरौ ।
Categorized in सम्पदा/संस्कृति