६ जेठ २०८१, आइतबार
Header

काठमाडौंको सम्पदा देखाउन ‘लोकल गाईड’ तालिम सञ्चालन गरिने


प्रकाशित: मंगलवार, ७ भाद्र २०७९, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकाका सम्पदाहरु देखाउनको लागि तालिम प्राप्त दक्ष ‘लोकल गाईड’ उत्पादन गरिने भएको छ । 


मंगलवार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित ‘लोकल गाइड’ तालिमको शुभारम्भ गरे ।


नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथ प्रर्दशक (लोकल गाइड) तालिम सञ्चालन गरेको मन्त्री श्रेष्ठले बताए । 


पहिलो चरणमा विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भु सम्पदामार्ग क्षेत्रका स्थानीय युवालाई तालिममा सहभागी गराइएको छ । 


यसबाट पर्यटन प्रवद्र्धन, मौलिक सम्पदाको संरक्षण हुनुका साथै पदमार्गका बासिन्दाको आय–आर्जनमा वृद्धि हुने अपेक्षा गरिएको छ । 


स्थानीय पथ प्रदर्शक (लोकल गाइड) तालिममा स्थानीय महत्त्वका विविन्न संरचना र दुलर्भ वास्तुकलाको जानकारी दिइनेछ । 


साथै उनिहरुलाई उक्त मार्गमा पर्ने मठमन्दिर, पाटी, सत्तल, ढुंगेधारा, पार्क, नदी, पोखरीहरुबारे जानकारी दिइनेछ ।


हनुमानढोकादेखि मरू गणेश–सन्तानेश्वर महादेव–नरदेवी घःछेँ–मेछ्य हिति–रञ्ति मल्ल सतःघाट–भेलु महादेव–निपु हिटी–भुइँखेल हुँदै स्वयम्भु पुगिने पदमार्गअन्तर्गत रहेका सम्पदाको मर्मत तथा पुनर्निर्माण कार्य समेत अघि बढिसकेको मन्त्री श्रेष्ठले बताए । 


मन्त्री श्रेष्ठले यस क्षेत्रमा रहेका परम्परागत नेवाः शैलीका भवन, बौद्ध एवं हिन्दु धार्मिक तथा सांस्कृतिक महत्त्वका सम्पदाहरूको संरक्षण गरी काठमाडौंको वैभव देखिने गरी नमुना सम्पदा मार्ग निर्माण गरिने बताए ।


प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतिले न्याथममा पहिलोपटक सम्पदा लक्षित स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम सञ्चालन गरिएको जानकारी गराए ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD