२३ बैशाख २०८१, आइतबार
Header

काठमाडौंको सडक उज्यालो हुने गरी काम सुरु भएको छः उपप्रमुख डंगोल


प्रकाशित: शुक्रवार, १९ असोज २०८०, २१ः३० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले सडक उज्यालो बनाउन र सुडक सुरक्षाको लागि सिसिटिभी जडानको लागि काम सुरु भएको बताएकी छिन ।


उपप्रमुख डंगोलले महानगरले नेपाल प्रहरी र विद्युत प्राधिकरणसँग ३ करोडमा सो कार्य गर्न सम्झौता गरेको र आगामी ३ महिनाभित्र कामको नतिजा देखिने गरी कार्य पनि सुरु भएको पनि बताईन ।


शुक्रवार राष्ट्रिय सभागृहमा आयोजित काठमाडौँ महानगरपालिका र उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा असोज १४ गतेदेखि सुरु गरिएको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो जानकारी दिएकी हुन । 


सो अवसरमा ट्राफिक प्रहरीले महानगरसँग गरेको सचेतना कार्यक्रमको प्रभावी तथ्यांकहरु प्रस्तुत गरिएको थियो । 


सचेतनामूलक कार्यक्रमका कारण ७ दिनको अवधिमा २२ प्रतिशतले सवारी दुर्घटनाका घटनामा कमी भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


सडक अनुशासन उलङ्घन गर्ने चालकलाई कारवाही गर्दा गएको बर्ष १ अर्व ८८ लाख रुपैयाँ जरिवाना संकलन भएको जनाएको छ । 


सडक दुर्घटनामा दैनिक ७ जनासम्मले ज्यान गुमाइरहेका छन भने १५ जनासम्म गम्भीर घाइते हुने गरी ट्राफिक प्रहरीले तथ्यांक प्रस्ततु गरेका थिए ।

 
देशभरि करिब ६३ लाख सवारी साधन दर्ता भएका मध्ये काठमाडौँ उपत्यकाभित्र करिब १४ लाख सवारी साधन छन । गएको ५ बर्षमा सवारी दुर्घटनामा परेर करिब १२ हजार व्यक्तिको मृत्यु भएको छ । यसमध्ये करिब १ हजार व्यक्तिले काठमाडौँ उपत्यकाभित्र ज्यान गुमाएका छन । गएको बर्ष मात्र उपत्यकामा करिब १० हजार दुर्घटना भए । त्यसमा २ सय बढी व्यक्तिको ज्यान गएको तथ्यांक रहेको छ । 


सो अवसरमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्ने, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, उपत्यका प्रहरी कार्यालयका प्रमुख, अतिरिक्त प्रहरी महानिरीक्षक दिपक थापा लगायतले सम्बोधन गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD