१५ बैशाख २०८१, शनिबार
Header

काठमाडौंको सडकबाट ७४९ जनाको उद्धार


प्रकाशित: मंगलवार, १३ फागुन २०७६, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रम संग मिलेर महानगरको सडकबाट ७४९ जना व्यक्तिलाई उद्धार गरेको छ ।


महानगरको सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त बनाउने अभियानलाई थप सशक्त बनाउन महानगर प्रमुख विद्यासुन्दर शाक्यले सरोकारवालाहरुकासँग बैठक सम्पन्न गरेको छ । 


प्रमुख शाक्यले बैठकमा संघीय सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मानव अधिकारका पक्षमा काम गर्ने संघ संस्थाका प्रतिनिधिसँग बसेर आगामी कार्यक्रम अघि बढाइने विषयमा छलफल चलाएका छन । 


बैठकमा प्रमुख शाक्यले व्यक्तिलाई समस्यामा पार्न खोजेका होइनौं । बस्ने घर हुँदा हुँदै, बस्ने घर र खाने व्यवस्थाको जोहो गर्न सक्ने क्षमता हुँदाहुँदै सडकमा आएर समस्या सृजना कसैले नगरुन भन्ने महानगरको उदेश्य भएको बताए । 


सो छलफल कार्यक्रममा उप्रमुख हरिप्रभा खड्गीले सडकमा मानिसलाई व्यवस्थापन गर्न चुनौति रहेको बताउँदै अभियानलाई दिगोपन बनाउने गरी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।


महानर प्रवक्ता एंव १५ वडा अध्यक्ष ईश्वरमान डंगोलले मन्दिरको बाहिर बसेर माग्नेहरुलाई पनि व्यवस्थापन गर्ने भनाई राखेका थिए । 


मंसिर २९ देखि सुरु भएको सो अभियान फागुन ११ गतेसम्म आईपुग्दा के कति सफलता भएको विषयमा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले विवरण प्रस्तुत गरका थिए । 


फागुन ११ गतेसम्मको प्रगति प्रस्तुत गर्दै यस अवधिमा ७४९ जना व्यक्तिलाई उद्धार गरिएकोमा ६९६ जनालाई काठमाडौं महानगरपालिका क्षेत्रभित्रबाट र ५३ जनालाई अन्य नगरबाट उद्धार गरिएको अध्यक्ष अधिकारीले बताए । 


उद्धार गरिएकामध्ये ५८८ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ । ४५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।


यीमध्ये ७३ जनाको स्थायी ठेगाना काठमाडौं महानगरपालिका हो भने ४१ जनालाई आफ्नो स्थायी ठेगाना नै थाहा छैन ।   


५१ जनालाई आश्रम स्थानान्तरण गरिएको छ भने ७ जनाको मृत्यु भएको अघिकारीले तथ्यांक प्रस्तुत गरे । 


बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर र महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेश चन्दको उपस्थिती रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD