१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंको सडकबाट बेसहारालाई यसरी उद्धार गरिदै


प्रकाशित: मंगलवार, १ पुष २०७६, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमको सहयोगमा महानगरको सडकमा रहेका बेसहारा र पेशेवर मगन्तेलाई उद्धार गर्ने कार्य सुरु गरेको छ ।

 
महानरले मंसिर २९ गते महानगर दिवशको अवसरमा सहयोगापेक्षी सडक आश्रित मानवरहित काठमाडौं महानगर बनाउने घोषणा गरे लगत्तै अभियान सुरु गरेको हो । 


सोमबारदेखि काठमाडौं हनुमानढोका बसन्तपुर क्षेत्र, गौशला, चाविलबाट असाहय, बेसाहरा, मगन्तेहरुको उद्धार अभियान सुरु गरेको छ । 


मानवसेवा आश्रम, काठमाडौँ महानगरपालिका, पत्रकार, नागरिक समाज र विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी भएको टोलीले उनीहरुलाई  सडकका पेटी, कोही सटरलगायतको घरको सिँढी त कोही मन्दिरबाट उद्धार गरेका छन । 


सोमबार राती ३१ जनालाई उद्धार गरेर बालाजुस्थित अस्थायी आवास केन्द्रमा लगिएको मानवसेवा आश्रम प्रदेश संयोजक सुमन बर्तौलाले बताएका छन । 


यस अघि यसरी नै ६१ जनालाई उद्धार गरिएको मानवसेवा आश्रम प्रदेश संयोजक बर्तौलाले बताए । 


मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–५ को दफा १२६ मा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर र सार्वजनिक सवारी साधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख छ । भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।


यस अभियान अन्तर्गत पहिलो चरणमा राति सडकमा सुत्नेहरुको उद्धार शुरु भएको तथा त्यसपछि दिउँसो र बिहान मागेर बस्नेको व्यवस्थापन हुने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD