२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको सडकपेटी बजार हटाउने अभियान पिएल सिंह देखिनै सुरु तर...


प्रकाशित: विहिवार, २३ असार २०७९, १८ः१७ बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरको सडकपेटीको फुटपाथ बजार हटाउने अभियान तत्कालिन मेयर पिएल सिंहको पालादेखिनै सुरु भएको थियो ।


तर आज स्वतन्त्र मेयर निवौचित बालेन्द्र साहको वेलासम्म आईपुग्दा पनि अझै चुनैतिनै रहेको नेवाः जागरण मञ्चले एक व्यक्त जारी गरी बताएको छ ।


नेवाः समुदायमा काम काम गर्ने जागरण मञ्चले मंगलवार एक विज्ञप्ती जारी गरी काठमाडौं महानगरले सडक पेटी बजार हटाउने अभियानलाई समर्थन गर्ने जनाएको छ । 


विज्ञप्तीमा भनिएको छ,‘ सडकपेटी बजारको समस्या काठमाडौँ महानगरपालिकामा दीर्घ र जीर्ण रोगको समस्याको रूपमा उभिएर रहेको छ । विगतका समयमा प्रत्येक स्थानीय निर्वाचन पछि आउने महानगर नेतृत्वले पहलकदमी लिएर यसलाई हटाउनका लागि जोडतोडले लाग्ने गरे पनि पछि ज्यूँका त्युँ समस्या विद्यमान हुने अनुभव काठमाडौँबासी जनताले बटुलेका छन ।’


‘तत्कालीन मेयर पीएल सिंहको पालाका महानगर प्रहरीको व्यवस्था भएता पनि यसको स्थायी समाधान हुनका साटो मुसो बिरालाको खेल मात्र चल्ने गरेको अनुभव पनि काठमाडौँबासीले गर्दै आएका छन ।

 

तत्कालीन मेयर सिंहकै पालामा कामपा १२ वडाको ह्यूमत क्षेत्रमा विकल्प दिने प्रयास पनि असफल भयो भने उहाँको नै पालामा तत्कालीन उपमेयर नवीन्द्रराज जोशीको पहलमा टुँडिखेल खुला मञ्चमा रहेको अव्यवस्थित खुला पसलहरूलाई भृकुटी मण्डपमा स्थान उपलब्ध गराए पनि यसले समाधान नभई अर्को समस्या मात्र थप्ने काम भयो ।’ जारी विज्ञप्तीमा उल्लेख छ । 


यसर्थ नगरको शोभा घटाउने, बटुवा र अन्य सवारीका साधनलाई पनि असुविधा पार्ने यस समस्याको दीर्घकालीन र स्थायी समाधान गरिनुपर्ने आजको आवश्यकता बनेको छ । रोजगारीको अवसरको खोजीमा आउने मुलुकका विभिन्न क्षेत्रका  जनताका लागि अरु उपाय नलागे पछि फुटपाथमा पसल थाप्नु एक सजिलो उपाय हुन आयो, महानगरका लागि भारको रूपमा देखिन आयो । 


यसर्थ निर्ममता पूर्वक या कुनै मोलाहिजा बिना लगातार लागेर मात्र यसको समाधान गरिनुपर्छ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र र युवा व्यक्तित्व बालेन शाहको नेतृत्वमा ताजा जनादेश पाएर आएको टिम रहेको यो अवसरमा यो कुरा सम्भव छ भन्ने कुरामा हामी विश्वास प्रकट गर्न चाहन्छौँ । 


हाल महानगरपालिकाको यस नेतृत्वले जुन सडकपेटी हटाउ अभियान सञ्चालन गरेको छ, त्यसलाई हामी समर्थन गर्दछौँ र यसलाई कमजोर पार्ने कोणबाट आइरहेका अभिव्यक्तिहरूको हामी विरोध गर्दछौँ । यस अभियानलाई समर्थन गरिदिन हुनका साथै आवश्यक परेमा सडकमा उत्रन तयार हुन समेत काठमाडौँका स्थानीय वासिन्दामा हामी हार्दिक अपिल गर्दछौँ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex