१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंको सडकका खाल्डाखुल्डी पुर्न ‘टास्क फोर्स’


प्रकाशित: विहिवार, १९ मंसिर २०७६, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं उपत्यकामा देखिएको खाल्डाखुल्डी पुर्न सरकारले ‘टास्क फोर्स’ बनाएको छ । 


प्रधानमन्त्री कार्यालयका कार्यलयका सहसचिवको नेतृत्वमा बनेको टास्क फोर्समा बनाएको हो । 


उक्त टास्क फोर्समा ट्राफिक कार्यालय, सडक विभाग, यातायात व्यवस्था विभाग र महानगरपालिका समावेश रहने प्रधानमन्त्री कार्यालयले जनाएको छ । 


दुई तहमा गठन गरिएको टास्क फोर्समा पहिलो तहमा प्रधानमन्त्री कार्यलयको सहसचिव त्यसको संयोजक हुने छन भने सदस्यहरुमा सडक विभागको उपमहानिर्देशक, ट्राफिक कार्यलयका एसएसपी, यातायात व्यवस्था विभागको कार्यकारी निर्देशक रहने छन ।

 
प्रधानमन्त्री कार्यलयका उपसचिवको नेतृत्वमा दोस्रो तहमा ‘क्विक रेस्पोन्स’ टिम हुनेछ । उक्त टिमको सदस्यहरुमा सडक विभागका उपसचिव, ट्राफिकको डिएसपी र यातायात व्यवस्था विभागको उपसचिव उक्त टिममा रहने बताइएको छ ।


दोस्रो तहको टिमले उपत्यकाका विभिन भागमा सडकको निरिक्षण गर्ने र खाल्डाखुल्डी देखिएमा तत्कालै सडक मर्मत गर्ने टिमलाई खबर गर्छ वा फोटो खिचेर पठाउँछ ।


पहिलो तहका सदस्यले त्यसमा के गर्न सकिन्छ भन्ने निर्णय गर्ने विभागले बताएको छ । 


गत हप्ता प्रधानमन्त्रीले आगामी चार महिनामा काठमाडौंका सबै खाल्डाखुल्डी पुरीसक्न निर्देशन दिएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD