काठमाडौं । काठमाडौंको शोभा भगवतीस्थित एक घरबाट महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका वडा १५ स्थित सरिता गिरीको दुई तले घरको भुइँ तलाबाट महिलाको शव फेला परेको हो ।
प्रहरीका अनसार मृतक महिलाको शवको पहिचान खुलेको छ । तनहुँको भिमाद नगरपालिका घर भई डेरा गरी बस्ने ५१ वर्षीया सफिना मियाँको शव फेला परेको हो ।
गत शुक्रबार महिलाको शव फेला परेको हो । घर वरपर गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बाहिरबाट ताला लगाएको घरको कोठाभित्र हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीको भनाइ छ ।
तीन महिनादेखि बन्द रहेका बेला स्थानीयको रोहबरमा धरधनीले खोलेर हेर्दा एउटा शव भेटिएको हो ।
शव भेटिए लगत्तै काठमाडौं प्रहरी परिसर र प्रहरी वृत्त, स्वयम्भुको टोलीले हत्याको घटनाको अनुसन्धान थालेपछि घट्नाको सत्य तथ्य बाहिर आएको छ ।
मियाँको गत कात्तिक पहिलो साता नै हत्या भएको खुलेको प्रहरीले बताएको छ ।
भारतको मोतिहारी घर भई काठमाडौंको कालिमाटीमा बस्दै आएका ४३ वर्षीय इकराउल हक अन्सारी र मियाँ लिभिङ टुगेदरमा थिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाका आधारमा भारतको बिहार दरभङ्गा घर भएका अन्सारीलाई पक्राउ गरेको हो ।
काठमाडौं प्रहरीका अनसार हत्यापछि भारत भागेका उनी पुनः १०/११ पुसतिर काठमाडौं आएर कालिमाटीस्थित दिलिप शाहको विएन फेसन गार्मेन्टमा काम गर्दै आएका थिए ।
त्यहीबेला खोजी गरिरहेको प्रहरीले उनलाई कालीमाटीबाट पक्राउ गरेको हो ।
Categorized in समाज