३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको शङ्खरापुरमा सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’


प्रकाशित: विहिवार, ९ जेठ २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । सार्वजनिक जग्गाको अतिक्रमण गरेर कब्जा गर्ने अभियानमा लागेको भुमापियाहरुले काठमाडौंको शङ्खरापुर नगरपालिकाको दुई स्थानमा जग्गा कब्जा गरेको तथ्य बाहिर आएको छ ।


गरपालिकाको इन्द्रेणी र खुलालटारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’ समेत गरको पाईएको साँखुका स्थानीय दिलीपकुमार श्रेष्ठले बताएका छन । 


उनका अनुसार नगरपालिकाको वडा नं ९ खुलालटारमा सार्वजनिक खोल्सा रहेको स्थानमा अतिक्रमण गरी खोल्सामा हिमपाइप राखेर निजी जग्गा प्लटिङ गरिएको हो । 


श्रेष्ठका अनुसार पहिला ठुलो खोल्सा यस क्षेत्रमा हिमपाइप राखेर खोल्सा पुर्दै व्यक्तिले सार्वजनिक जग्गा नै प्लटिङ गर्न थालेका छन ।  


यस्तै वडा नं ९ इन्द्रेणीको साना गाउँमा इन्द्रेणी सामुदायिक वन नै अतिक्रमण गरेर प्लटिङ थालिएको उनको भनाई छ । व्यक्तिको निजी जग्गा प्लटिङका लागि सामुदायिक वन मासेर जग्गामा बाटो लगिएको देखिन्छ । 


सार्वजनिक जग्गा अतिक्रमण भएपछि प्लटिङ गर्ने भूमाफिया सक्रिय रहेको भन्दै स्थानीयवासीले अतिक्रमण गर्नेलाई कारवाही नगरपालिका समक्ष माग समेत गरेका छन ।


वडा नं ९ का वडाध्यक्ष घनश्याम थापाले सार्वजनिक जग्गा अतिक्रमणको विषयलाई गम्भीरतापूर्वक लिएको बताउदै खोल्समा राखेको हिमपाईप निकाल्ने बताएका छन । 


राससमा उल्लेख भएको यस समाचार अनुसार इन्द्रेणी सामुदायिक वन मासेर जग्गा प्लटिङको लागि बाटो लगेको विषयमा वडाध्यक्ष थापाले बाटो तत्काल बन्द गर्ने बताए ।


पछिल्लो समय देशभरी नै सार्वजनिक जग्गा अतिक्रणको घट्नाक्रम बढिरहेको देखिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex