काठमाडौं । काठमाडौको थापा चोक र कलंकीबाट ८ लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–७ थापा चोक हाईट डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका बेल बहादुर खड्काको कोठाको ढोकाको ताल्चा फोडेर मंगलबार सुनका बिभिन्न गहनाहरु र मोबाईल समेत गरी करीव १ लाख २ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–१४ कलंकी खड्का गाँउ बस्ने सन्जिव कार्कीको घरमा मंगलार कोही नभएको अवस्थामा सुनका बिभिन्न गरगहना, १ थान ल्यापटप, १ थान टि।भि।र १ थान मोबाईल तथा सोही घरमा डेरा गरी बस्ने कंचनपुर घर भएकी रचना कार्कीको कोठाबाट नगद ५ हजार रुपैयाँ र सुनका बिभिन्न गरगहना समेत गरी करीव ७ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरुको खोजतलास गर्नुको साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Categorized in समाज