१९ बैशाख २०८१, बुधबार
Header

काठमाडौंको वायु प्रदूषण जोखिम स्तरमै, आज पनि बर्षा हुने


प्रकाशित: शुक्रवार, ३० चैत्र २०८०, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । विश्वभरको वायु प्रदूषणको स्तर मापन गर्ने स्वीजरल्याण्डको आईक्यू एयरका अनुसार शुक्रवार बिहान एक्यूआई १७३ सम्म पुगेको छ ।


यो भनेको अहिले पनि नेपालको वायु प्रदूषण जोखिमको स्तरमा छ भन्ने बुुझिन्छ ।  वायु प्रदूषणको हिसाबले नेपाल शुक्रबार बिहानसम्म भारत र चीनपछि तेस्रो स्थानमा छ ।


यस अघि नेपालको वायू गुणस्तर सूचक (एक्यूआई) २०० माथि पुगेको थियो । 


मौसमविद्का अनुसार नेपालको वायु अझै स्वच्छ छैन भनेर बुझ्नुपर्ने हुन्छ । अहिले देशभर नै तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


काठमाडौं उपत्यकामा हिजो (विहिवार)को जस्तै आज अपराह्न पानी पर्ने सम्भावना रहेको मौसविदले जनाएको छ ।

 
आज पनि कोशी, बागमती, गण्डकी पहाडी भूभाग लगायत देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD