७ भाद्र २०८३, आइतबार
Header

काठमाडौंको लैनचौरमा आयरल्याण्ड नागरिक लुटिए


प्रकाशित: मंगलबार, १६ असोज २०७५, ०९ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको लैनचौरमा एक आयरल्याण्ड नागरिक लुटिएको प्रहरीले जनाएको छ । 


काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित सडकबाट आयरल्याण्डका नागरिक मार्क केन्सीको १ थान मोबाइल, नगद ५ हजार र २ थान अष्ट्रेलियन बैंकका कार्डहरु लुटपाट भएको हो । 


४÷५ जनाको समूहमा आएका अपरिचित व्यक्तीहरुले मार्कलाई कुटपिट गरी उनको साथमा रहेको उक्त धनमाल लुटपाट गरी फरार भएको बताइएको छ । 


लुटपाट गर्ने फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex