५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको लैनचोरमा रक्सीभित्र बल्याक डायमण्ड राखी बेच्ने ८ पक्राउ


प्रकाशित:  बिहिबार, १० जेठ २०७५, १५ः४० बजे    
- जेम्सज्वेलरीखबर

काठमाडौं । महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरी टोलीले काठमाडौंको लैनचौरको एक घरबाट रक्सीभित्र बल्याक डायमण्ड राखी बेच्ने ८ जनालाई पक्राउ गरेको छ । 


लैनचौर बस्ने ४४ बर्षीय रमेश रजकले आफ्नै घरको भुई तलामा संचालन गरेको आरजीआरआर (RGRR) रक्सी डिलर भित्र अबैध रुपमा बल्याक डायमण्ड (Black daimond)  बिक्री बितरण गरिरहेको प्रहरीले जनाएको छ ।


प्रहरीले सो बारे सूचना पाएपछि बुधबार प्रहरीले अन्दाजी ३० लाख मूल्य बराबरको बल्याक डायमण्ड (६०/४० क्यारेट) २ थान सहित ८ जनालाई पक्राउ गरेको हो ।

 
यस सम्बन्धमा विस्तृत जानकारीको लागि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

asteriskhubs
Home Page Bottom Second


maharjan complex