२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको रेम्बो कलेजमा नक्कली परीक्षार्थी भेटिए


प्रकाशित: शुक्रवार, १४ बैशाख २०८१, ११ः५० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–३ ठूलो र्भयाङस्थित रेन्बो इन्टरनेसनल कलेजबाट नक्कली परीक्षार्थी पक्राउ परेको छ । 


जाजरकोटको छेडागाड नगरपालिका–५ घर भई काठमाडौं बागबजार बस्दै आएका २३ वर्षीय आदेशजंग शाही नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको आरोपमा पक्राउ परेका हुन।


उनले कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिनको लागि प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरेर परीक्षा हलमा प्रवेश गरेपछि बिहान सवा ८ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


आजबाट देशभर कक्षा– १२ परीक्षा सुरु भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex