काठमाडौं । प्रहरीले काठमाडौंको रातो पुलमा नक्कली नोट बनाउने कारखाना फेला पारेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिवार नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेपछि अनुसन्धानको क्रममा सो कारखाना भेटिएको हो ।
टोलीले शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको थियो ।
उनीहरुले रोतो पुलमा कोठा भाडामा लिएर कारखाना नै खोलेर नक्कली नोट छाप्ने गरेको प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ ।
प्रहरीले उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन, नक्कली नोटको लागि आवश्यक कागज र नक्कली नोट बरामद गरेको छ ।
प्रहरीले ३ लाख ७० हजार रुपैयाँको तयारी अवस्थामा रहेको नक्कली नोटसमेत बरामद गरेको छ ।
प्रहरीले हिजो मात्र एक हजारका २९ वटा नक्कली नोटसहित दुई जना काठमाडौंबाट पक्राउ परेको छ ।
प्रहरीका अनुसार नक्कली नोटसहित नोटसहित कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन पक्राउ परेका हुन ।
उनीहरुलाई प्रहरीले काठमाडौं महानगरपालिका–७, चाबहिल चोकमा जाँच गर्ने क्रममा बा ४५ प ८०६६ नम्बरको स्कुटरमा नक्कली नोट बरामद गरेको थियो ।
पछिल्लो समय काठमाडौंमा नक्कली नोटको विगविगी बढेको प्रहरीले बताएको छ । केही दिन अघि काठमाडौंको महाबौद्धबाट एक हजारका १० वटा नक्कली नोटसहित एक युवक पक्राउ पक्राउ परेको थियो ।
Categorized in बजार