१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौंको रत्नपार्क, भगवानपाउ र बालाजुमा वाटर एटिएम सञ्चालन


प्रकाशित: विहिवार, २९ माघ २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको शंखघर पार्क (रत्नपार्क) टिकट काउन्टरसँगै, स्वयम्भू भगवान पाउ र बालाजु उद्यान प्रवेशद्वार सँगै वाटर एटिएम स्टेशन सञ्चालनमा आएका छन । 


विहिवार खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापा र सचिव माधव बेल्बासे  ३ वटै एटिएम वाटर उद्घघाटन गरेका छन । यो ठाउँलाई महानगरले ‘जरुंहिति’ नाम दिएको छ । वटुवाको प्यास मेटाउन काठमाडौंमा जरुंहिति थिए ।

 
महानगरले गएको चैत ९ गते स्वच्छ पिउने पानी उपलब्ध गराउन स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटिएम) राख्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता भएपछि राखिएको हो ।


एटिएम जडानपछि आफूलाई चाहिने जति मात्र पानी किन्न सकिने भएको छ । अहिलेको प्रणालीभित्रै १ हजार ५ सय लिटरको र त्यससँगै छेउमा ५ हजार लिटरको ट््याङ्की राखिएको छ । मेलम्चीको पानी वितरण भएपछि मेलम्चीको पाइप प्रणालीमा सोझै जडान गर्ने योजना छ । 


उद्घाटनका क्रममा मन्त्रीसहित उपस्थित पदाधिकारीले ‘वाटर भेन्डिङ मेसिन’मा सिक्का राख्दा कपमा आएको पानी पिएका थिए । मन्त्री थापाले आधुनिक प्रविधिसँग सेवाग्राहीलाई जोड्न काठमाडौंं महानगपालिकासँगको सहकार्यबाट परिणाम प्राप्त भएको बताउँदे भने, ‘पहिलो चरणमा उपत्यकाका १५ ठाउँमा सञ्चालन गर्ने तयारी छ । विस्तारै मुलुकभरिकै सहरमा सेवा विस्तार हुनेछ ।’ 


सो अवसरमा राज्यमन्त्री मानन्धरले भने, ‘एक लिटर नै पानी किनेर खानुपर्ने बाध्यतालाई यो प्रविधिले अन्त्य गरेको छ । पानीको उपलब्धतासँगै शौचालय पनि सहज उपलब्ध हुनुपर्छ ।’


महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले यस प्रणालीले मुख्यतया २ वटा काम गर्ने, एउटा, सुपथ मूल्यमा शुद्ध पिउने पानीको सहज उपलब्धता हुन्छ । अर्को, प्लाष्टिकका बोतलको प्रयोगमा कमी आउँने बताए । 


काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डले उपत्यकाका १५ ठाउँमा यस प्रकारका प्रणाली जडान गर्दैछ । बोर्डका कार्यकारी निर्देशक सञ्जिवविक्रम राणाकाअनुसार स्थापनापछिका ३ महिना सञ्चालन व्यवस्थापन खर्चसहित प्रणाली जडानको लागत करीब १५ लाख ८६ हजार रुपैयाँ हो । उपत्यकाका सबै प्रणाली जडान गर्दा करीब २ करोड रुपैयाँ खर्च हुनेछ ।


महानगरसँगको सम्झौताबमोजिम चालु आर्थिक बर्षभित्र वडा ४ को शंखपार्क, वडा १५ स्वयम्भूको भुइँखेल, वडा १६ को बालाजु पार्क, वडा २८ को शंखधर पार्क र वडा ३१ को ट्रलीबस सेवा भएको कम्पाउण्डमा वाटर एटिएम राखिनेछ । 


यी ठाउँमा वाटर एटिम स्थापना गरेर आउँदो ३ बर्षसम्म सञ्चालन व्यवस्थापनको काम बोर्डले गर्नेछ भने महानगरपालिकाले एटिम राख्ने ठाउँ, बिजुली र सुरक्षा उपलब्ध गराउनेछ । 


बालाजुमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, शंखपार्कमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, स्वयम्भूमा महानगरका प्रवक्ता ईश्वरमान डंगोलसहित पदाधिकारी सहभागी थिए । 


कसरी चलाउने वाटर एटिएम


वाटर एटिएम एउटा उपकरण हो । यसको प्रयोग गर्दा शुरुवात्मा तिरेको २ रुपैयाँमा एउटा २०० मिलिलिटर पानी अट्ने कप र २०० मिलिलिटर पानी पाइन्छ । 


त्यसपछिका हरेक २०० मिलिलिटरको पानीको मुल्य १ रुपैयाँ पर्छ । त्यसमा आफूलाई आवश्यकता भएअनुसार पानी लिन सकिन्छ । यदि कसैले बोतल लिएर जाने हो ५ रुपैयाँमा १ लिटर पानी भर्न सकिन्छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD