११ बैशाख २०८१, मंगलबार
Header

काठमाडौंको यी स्थानहरुमा ओभरहेड र अण्डरपास बनाउने प्रस्ताव


प्रकाशित: सोमबार, ४ कातिक २०७६, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं । सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाडौमा विभिन्न मुख्य ७ स्थानमा ओभर हेड (अकाशेमार्ग ) र अण्डरपास बनाउने प्रस्ताव गरेको छ । 


प्रस्ताव अनुसार कोटेश्वर, नयाँ बानेश्वर, गौशाला, चाबहिल, कालिमाटी, त्रिपुरेश्वर र थापाथलीमा ओभरहेड ब्रिज र अण्डरपास विथ टनेल बनाउने प्रस्ताव गरेको मन्त्रीले बताए । 


सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन गर्दै मन्त्री महासेठले काठमाडौं यी स्थानहरुमा ओभरहेड (आकाशमार्ग)  र अण्डरपास  विथ टनेल (सुरुङमार्ग)  बनाउने प्रस्ताव अगाडि सारेको छ । 


मन्त्री महासेठले यो प्रस्ताव सैद्धान्तिक सहमतिका लागि प्रस्ताव पेश गरिएको बताएका छन । मन्त्रालयको प्रस्ताव स्वीकृत भएसँगै टेण्डर लगायतका प्रक्रिया सुरु गर्ने उनले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD