काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय वितरण लाइन भूमिगत गर्ने भएकोले काठमाडौंको विभिन्न स्थानमा बत्ति जाने भएको छ ।
प्राधिकरणका अनुसार कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्दअन्तर्गत हुने भुमिगत लाईन जडानको कारण पाँच दिन दैनिक ४ घण्टा बिजुली नआउने भएको छ ।
आइतवार (१३ गते ) बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म साँखु बजार र छाउनी आर्मी अस्पताल क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।
सोमवार १४ गते सुविधानगर, सिनामङ्गल र भिमसेनगोला क्षेत्र विद्युत सेवा अवरुद्ध हुनेछ भने १६ गते बुधवार गते सोल्टी मोडदेखि कलङ्की क्षेत्र, १७ गते मैत्रीनगर र ट्याङ्गलाफाँट क्षेत्र र १८ गते फिकल चोकदेखि बाबा चोकसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
Categorized in बजार