२१ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंको यी चार अस्पतालमा कोभिडको निःशुल्क उपचार हुने


प्रकाशित: सोमवार, १६ साउन २०७९, १६ः२० बजे
- महानगरखवर

काठमाडौं । सरकारले काठामडौंका चार अस्पतालबाट कोभिड– १९ को विरामीहरुको लागि उपचार खर्च नलाग्ने भएको छ । 


कोभिड–१९ का मध्यम अवस्था र गम्भीर अवस्थाका विरामीले वीर अस्पताल, शिक्षण अस्पताल, महाराजगञ्ज, पाटन अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा निःशुल्क उपचार हुनेछ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७९ असार ३१ गतेको निर्णय अनुसार सो व्यवस्था गरिएको छ । 


मन्त्रालयले बागमती प्रदेश अन्तर्गत काठमाडौंका यी चार अस्पताल र भरतपुर चितवन अस्पतालमा सो उपचारको व्यवस्था गरिएको जनाएको छ । 


देशका प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिीनी प्रदेश, कर्णाली प्रदेश र सुदरपश्चिम प्रदेशका अस्पतालहरुको कोभिड–१९ संक्रमितहरुको उपचार गरिने निर्णय गरेको छ । 

 


asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD