३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको मैजुबहालमा रुखमा झुण्डिएको अवस्थामा शब भेटियो


प्रकाशित: विहिवार, १९ बैशाख २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ७ मैजुबहालमा रुखमा झुण्डिएको अवस्थामा एक शब भेटिएको छ । 


मैजुबहाल चोकबाट पश्चिमपट्टि पिपलको रुखको हाँगोमा झुण्डिएको अवस्थामा शव खोटाङ घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका अन्दाजी ३५/४० वर्षका आङदेवा शेर्पाको भएको प्रहरीले जनाएको छ । 


प्रहरीको अनुसार बिहीबार बिहान करिब सात बजेतिर रुखमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 


शवलाई पोष्टपार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाकारी दिए । 


उनको हत्या हो कि आत्महत्या हो भन्ने कुरा पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुने प्रहरीले बताए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex