काठमाडौं । काठमाडौंको मूलपानीमा पहिरोले टहरा पुरिँदा ३ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा बारा जिल्ला निवासी ३० वर्षीया नीतु यादव, ३५ वर्षीया शर्मिला यादव र उनका छोरा १० वर्षीय कुन्दन यादव हुन ।
उनीहरु कागेश्वरी नगरपालिका, मुलपानीमा बस्दै आएको र दिनभरको बर्षाका कारण टहरामा पहिरो खस्दा पुरिएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर, टेकुले जनाएको छ ।
एक्साभेटरको सहायताले उनीहरु सबैको सब निकालिएको हो । यो सँगै देशभर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
काठमाडौंका अधिकांश खोलाहरुमा पानीको सतह बढेकाले छेउछाउ नबस्न प्रहरीले सर्वसाधरणलाई अनुरोध गरिएको छ । खोलाको छेउछाउका बस्ती जोखिममा परेपछि प्रहरीले उद्धार टोलीलाई ‘अलर्ट’ राखेको छ ।
Categorized in राष्ट्रिय