७ भाद्र २०८३, आइतबार
Header

काठमाडौंको मुलपानीमा मध्यराती भागदौडमा २ को मृत्यु


प्रकाशित: शनिवार, २० असोज २०७५, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले चलाएको जुवा अप्रशेनमा भागदौड हुँदा काठमाडौंको मुलपानीमा २ जनाको मृत्यु भएको छ । 


गएराति प्रहरीले जुवाडेमाथि चलाएको अपरेशनका क्रममा भागदौड हुँदा मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ रहेको प्रहरीले जनाएको छ । 


उनीह? दुवैको घरको झ्यालबाट हाम फान्दा मृत्यु भएको हो । 


काठमााडौं प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) होमेन्द्र बोगटीको नेतृत्वमा गएको टोली जुवा खेलाइराखिएको घरमा पुग्ने वित्तिकै भागाभाग भएको थियो । 


प्रहरीका अनुसार प्रहरीको थाहा पाउने वित्तिकै भागदौड मच्चिएको थियो । त्यही क्रममा ३ तले सो घरबाट जुवाडेह? भाग्ने क्रममा २ जनाले झ्यालबाट हाम फालेका थिए । 


ग्वार्काेस्थित विएण्डबी हस्पिटलमा उपचारको क्रममा उनीहरूको राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । 


प्रहरीेले सो जुवाखालबाट २३ जनालाई नियन्त्रणमा निल सफल भएपनि जुला खेलाउने मुल नाईके हेमा गु?ङ भाग्न सफल भएको छ । 


सो जुवातासको खालबाट प्रहरीले ४ लाख ४८ हजार नगद समेत बरामद गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex