१४ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको मालोपोत कार्यालयहरुमा भू–सेवाको नाममा लेखापाढी गर्न छुट


प्रकाशित: मंगलवार, १४ साउन २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले काठमाडौ जिल्लाका सबै मालपोत कार्यलयमा भू–सेवा केन्द्र राख्न निर्देशन दिएको छ ।


भूमि व्यवस्थापन तथा अभिलेख विभागले भू–सेवा केन्द्र सञ्चालन निर्देशिका २०७६ अनुसार केन्द्र स्थापनाको लागि सूचना जारी गर्दै घुमाउँरो पारामा लेखापढी व्यवसायीहरुलाई प्रवेश दिएको हो । 


यसअघि लेखापढि व्यवसायी मालपोत कार्यालयमा नो इन्ट्रि गरेको थियो तर अब कानुनी रुपमै कार्यलय खोलेर सेवाग्राहीहरुलाई भू–सेवा केन्द्रको सेवा प्रदान गर्ने भएको छ । 


निर्देशिका अनुसार भू–सेवा केन्द्रमा काम गर्न चाहने व्यक्तिले मान्याता प्राप्त शैक्षिक संस्थाबाट कक्षा १२ उर्तिण गरेको हनु पर्ने, ६ महिनाको कम्युटर ट्रेनिङ र ५० हजार रुपैयाँ धरौटी राख्नु पर्ने व्यवस्था गरेको छ । 


संस्थाको हकमा भने कर चुक्ता प्रमाणपत्र र २ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरेको छ ।  


हाललाई जिल्लाका साँखु, डिल्लीबजार, मनमैजू, चाबहिल कार्यालयमा भू–सेवा केन्द्र राख्न निर्देशन दिएको छ । केहि महिना अघि कलंकी मालपोत कार्यालयमा सुरु गरेको भू–सेवा केन्द्रको सुरुवात गरेको थियो । 


सरकारको मापदण्ड पुरा गरेपछि लाइसेन्स प्राप्त व्यक्ति वा संस्थालाई कार्यालयले युजर नेम र पासवर्डबाट अनलाइन लेखापढिको सेवा प्रदान गर्नेछ । 


त्यसैगरी विभागले साँखु मालपोत कार्यालयलाई स्मार्ट मालपोत कार्यालय घोषणा गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सोमबार कार्यालयको उद्धघाटन गरेकी थिईन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex