१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंको महानगरको बजेट प्रस्तुत, घरबहाल करदेखि व्यवसायिक करमा छट


प्रकाशित: विहिवार, १० असार २०७८, १५ः०० बजे
- अजय खड्गी

काठमाडौं  । काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ का लागि बजेट प्रस्तुत गरेका छन । 


विहिवार महानगरपालिका उप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले आ.व. ०७८/०७९ का लागि १८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँ प्रस्ताव गरेकी छिन । 


प्रस्तावित बजेटमध्ये आन्तरिक आयबाट ४ अर्व ३४ करोड ३२ लाख रुपैयाँ व्यहोरिनेछ भने राजस्व बाँडफाँडबाट २ अर्व ५८ करोड २५ लाख रुपैयाँ प्राप्त गर्ने छन । 


त्यसैगरी नेपाल सरकार तथा प्रदेश सरकारबाट निशर्त प्राप्त हुने ८३ करोड ९९ लाख रुपैयाँ, सशर्त अनुदानबाट प्राप्त हुने १ अर्ब ३२ करोड १४ लाख रुपैयाँ, बैङ्क मौज्दात ७ अर्व रुपैयाँ, सामाजिक सुरक्षा भत्तावाप प्राप्त हुने १ अर्व ५० करोड रुपैयाँ र अन्य वाह्य स्रोतबाट प्राप्त हुने १ अर्व ३७ करोड ७ लाख रुपैयाँबाट व्यहोरिने प्रस्तावित बजेटमा उल्लेख छ । 


बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।


महानगरले कोभिड महामारीलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको करमा विभिन्न छुट सहुलियत घोषणा गरेको छ । 


घर धनीले बुझाउने वाषिर्क बहाल कर रकमको १० प्रतिशत वा २५ हजार रुपैंया मध्ये जुन रकम कम हुन्छ सो रकम छुट हुने घोषणा गरिएको छ । यसको लागि भने बहाल करमा छुट प्राप्त गर्न सम्बन्धित घर धनी र बहालमा लिने प्राकृतिक वा कानुनी ब्यक्तिका विच भएको बहाल सम्झौता अनिवार्य पेश गर्नु पर्नेछ ।


त्यसैगरी त्यसैगरी सम्पत्ति करमा ९० प्रतिसतसम्म छुटको व्यवस्था गरेको छ भने सबै करदाताहरुले २०७८ पुस मसान्तसम्म सम्पत्ति कर चुक्ता गरेमा १० प्रतिशत छुट दिईने छ । 


आर्थिक बर्ष २०७६÷०७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुट गर्ने प्रस्ताव उल्लेख गरिएको छ । 


त्यसैगरी व्युटिपार्लर र सैलुन व्यवसायमा पनि व्यवसाय कर नलिने घोषणा गरेको छ भने होटल, रेष्टुरेन्ट पसल जस्ता व्यवसायहरुले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्बसाधारणका लागि समेत निःशुल्क सेवा उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिशत छुट दिने पनि घोषणा गरेको छ ।


महानगरले आठ प्रकृतिका सेवाहरु निःशुल्क उपलब्ध गराउने पनि आर्थिक विधेयकमा उल्लेख छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD