१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंको महानगरको चार स्थानमा आधुनिक शौचालय निर्माण गरिने


प्रकाशित: विहिवार, २३ माघ २०७६, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रको चार स्थानमा आधुनिक शौचालय निर्माण हुने भएको छ ।


सार्वजनिक शौचालय निर्माण गर्न काठमाडौं महानगरपालिका र गैर आवासीय नेपाली संघका बीच विहिवार एक सम्झौता सम्पन्न भएको छ । 


सम्झौतामा महानगरकातर्फबाट सहसचिव राजेश्वर ज्ञवालीले र संघका तर्फबाट कार्यकारी अधिकृत हेमन्तकुमार दवाडीले हस्ताक्षर गरेका छन ।


सम्झौताबमोजिम महानगरको वडा १४ कलंकी, वडा ३२ कोटेश्वर, वडा ७ चावहिल र वडा ३ महाराजगञ्जमा संघले सुबिधासम्पन्न शौचालय निर्माण गरेर ५ बर्ष सञ्चालन गर्नेछ । 


त्यसपछि ती संरचना महानगरलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ । 


संघले शौचालय निर्माण गर्न कलंकी, बालाजु, राष्ट्रपति कार्यालयको अघिल्तिर, जयबागेश्वरी सिफल चौर, कोटेश्वर र स्वयम्भू परिक्रमा मार्गको अध्ययन गरेको थियो । 


निर्माण गरिएका शौचालय सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति तथा व्यवस्थापकीय काम संघले गर्नेछ । ती शौचालय सञ्चालन गर्दा महानगरले तोकेको शुल्क लिइनेछ । 


यसरी संकलन भएको शुल्कबाट व्यवस्थापन र मर्मत सम्भारको काम गरिसकेपछि बाँकी पैसा थप शौचालय निर्माणका लागि खर्च हुनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD