७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको मस्जिदमा कोरोना परीक्षण सुरु


प्रकाशित: शुक्रवार, १२ बैशाख २०७७, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले काठमाडौंको मस्जिदमा रहेकाहरुको कोरोना परिक्षण सुरु गरेको छ । 


स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार बिहीबारदेखि मस्जिदमा रहेका मानिसको परीक्षण पोलिमरेज चेन रियाक्सन (पीसीआर) सुरु गरिएको छ । 


बिहीबार ७६ जनामा परीक्षण गरिएको र अरु पनि परिक्षण भईरहेको रासस समाचार स्रोतलाई उल्लेख गरी अनलाईनखवरले प्रकाशित गरेको छ । 


उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडौंस्थित मस्जिदमा रहेका सबैको परीक्षण सुरु गरिएको हो । 


उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा २७ जनामा कोभिड संक्रमण देखिएको थियो । 


सोमवार काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यसहितको एक टोलीले काठमाडौका चार वटा मस्जिदको अनुगमन गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex