काठमाडौं । काठमाडौंको मरु सतः (मरुटोल)मा ऐतिहासिक रुद्रायाणी देवि १२ बर्षे सिकाली जात्रा नाच देखाएको छ ।
विहिवार र शुक्रवार मरु डबलीमा सिकाली जात्रा नाच प्रदर्शन गरिएको थियो ।
मरु त्वाः पुच, अशोक विनायक गुठी र काठमाडौं महानगरपालिका २० वडाको संयुक्त आयोजनामा उक्त नाच देखाएको थियो ।
सिकाली जात्रा ललितपुरको खोकनाबाट काठमाडौं प्रवेश गरेपछि अहिले काठमाडौं विभिन्न डवली, चोकहरुमा प्रदर्शन भइरहेको छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in सम्पदा/संस्कृति