५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको मरु गणेशबाट ८२ थान मुर्ति सहित बज्राचार्य पक्राउ


प्रकाशित: बिहिबार, १० जेठ २०७५, १३ः३० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको मरु गणेशबाट ८२ थान मुर्ति सहित धनकुमारी बज्राचार्यलाई पक्राउ गरेको छ ।

 
काठमाडौं महानगरपालिका–१९ मरुगणेश डेरा गरी बस्ने तेस्रो लिङ्गी कुमारी भन्ने धनकुमारी बज्राचार्यलाई पुराना ढुंगा तथा ढलौटका ८२ थान मुर्ति सहित प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 
बज्राचार्यको डेरा कोठामा बिभिन्न किसिमका मुर्तिहरु रहेको सूचना प्राप्त भएपछि प्रहरी टोलीले बुधबार उनको कोठा तलासी गर्दा बिभिन्न मन्दिरहरुबाट चोरी गरेर ल्याई राखेको उक्त मुर्तिहरु बरामद भएको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex