काठमाडौं । काठमाडौको कागेश्वर मनोहरा नगरपालिकामा एक महिला मृत फेला परेको छ ।
प्रहरीका अनुसार सोमबार विहान वडा नम्बर १ गागल फेदीको सडक छेउमा मृत अवस्था स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृत महिला ३३ बर्षिय स्थानीय धनमाया लामा रहेको प्रहरीले बताएको छ ।
प्रहरीले घट्नास्थलमा छानविन गरी अनुसन्धान अघि बढाएको बताएको छ । शवको पोष्टमार्टम गर्न महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको छ ।
Categorized in समाज