काठमाडौं । काठमाडौंको बौद्धबाट रेडपाण्डाको छालासहित ३ जनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुबाट बा.५८ प १३७८ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बानेश्व र बस्ने सोलुखुम्बु दुधकोशी गाउँपालिका–१ का २४ वर्षीय आङदावा शेर्पा, काठमाडौं बुढानिलकण्ठे नगरपालिका–१० बस्ने सोलुखुम्बु माकुलुङ(१ का २२ वर्षीय लाक्पा शेर्पा र काठमाडौं बुढानिलकण्ठम नगरपालिका(१० कपन बस्ने सोलुखुम्बु माकुलुङ(१ का २३ वर्षीय आङचिन्डु शेर्पा रहेका छन् ।
बौद्ध फूलबारीस्थित कैलाश गेष्टुहाउस नजिक रेडपाण्डाको छाला लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिई गएको संयुक्त प्रहरी टोलीले जाँच गर्दा उक्त छाला र मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान पश्चाीत आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
Categorized in समाज