१५ बैशाख २०८१, शनिबार
Header

काठमाडौंको बैंकहरुबाट यसरी चोरियो लाखौ रकम


प्रकाशित: बुधवार, ११ मंसिर २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको जनता बैंकबाट १९ लाख ९ हजार रकम चोरी भएको खुलासा भएको छ ।


प्रहरी अनुसन्धानबाट चोरीको रहस्य खुलेपछि चोरीमा संलग्न ६ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । 


पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका(३ का १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षकै कुमार तामाङ, १८ वर्षीय  मनिष घिमिरे, २१ वर्षीय अन्जन बराल, बागलुङगलकोट नगरपालिका(३ का २५ वर्षीय सुमन पाडेल र सिन्धुपाल्चोक ३० वर्षीय गोविन्द घिमिरे रहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।


प्रहरीका अनुसार उनीहरुले नक्कली हस्ताक्षर र कागजातको प्रयोगबाट रकम चोरी गरेको तथ्य फेला परेको छ । पक्राउ पर्ने सबै विद्यार्थी रहेको प्रहरीले बताएको छ । 


आइतबार चोरिएको १९ लाख बढी रकम भने जनता बैंकका खातावाल गोपालमान राजवाहक रहेको खुलेको छ । प्रहरीले उनीहरुबाट १८ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ भने विभिन्न व्यक्तिको नागरिकताको प्रतिनिधि २९० पाना बरामद गरेको छ ।


त्यस्तै, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख गरिएको रजिष्टर २६ वटा, विभिन्न प्रकारका हस्ताक्षरको नमूना र विभिन्न व्यक्तिको नाम उल्लेख गरिएका डायरी दुई वटा पनि बरामद गरेको छ ।


उनीहरुले खातावालाको चेकमा रहेको हस्ताक्षर चोरी गरी सोही व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ सक्कली चेक नै लिएर रकम निकालेको प्रहरीको भनाइ छ ।


प्रहरीका अनुसार उनीहरुले खातावालाको सक्कली भिसा कार्डसमेत लिएको पाइएको छ । बैंक कर्मचारीको मिलेमतो र लापरबाही भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । 


त्यसैगरी काठमाडौंका मुक्तिनाथ बैंकबाट पनि १० लाख रुपैयाँ निकालिएको सूचना प्राप्त अनुसन्धानबाट थाहा भएको जनाएको छ । 


पक्राउ परेका सबैलाई पाटन उच्च अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।


यसअघि बैंकिङ प्रणाली नै ह्याक गरेर करिब डेढ करोड रुपैयाँ चोरी गरेको आरोपमा भदौ दोस्रो साता ६ जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD