काठमाडौं । काठमाडौंको बांगेमुढास्थित वास्यंःद्य (दाँतको देउता) मूर्ति र केही सामान चोरी भएको छ ।
जागरुक युवा समाजका महासचिव सन्जय महर्जनका अनुसार बिश्वसम्पदा सुचिमा परेको शक्तिशाली पीठ वास्यं द्यःदातँ बाट केही मूर्ति र समान चोरी भएको हो।
दाँत दुख्दा पैसा चामल राखेर यो ठाउमा उक्त पैसा किल्लाले ठोक्दा दुखेको दातँ निको जनविश्वास रहेको वास्यंःद्यमा चोरी हुनु चिन्ताको विषय भएको महर्जनको भनाई छ ।
स्थानीयले चोरलाई समाती प्रहरीलाई बुझाएपनि उक्त चोर बहुला भएको भन्दै प्रहरीले छाडी दिएको छ ।
Categorized in समाज