२२ बैशाख २०८१, शनिबार
Header

काठमाडौंको बसुन्धराबाट नक्कली डाक्टर पक्राउ


प्रकाशित: सोमबार, ८ माघ २०८०, १८ः३५ बजे 
- महानगरखवर

काठमाडौं । प्रहरीले काठमाडौंको बसुन्धारास्थित धौवलागिरी हिमाल पोलिक्लिनिकबाट एक जना नक्कली डाक्टर पक्राउ परेका छन । 


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमवार मोरङ विराटनगर उपमहानगर–२ घर भई काठमाडौं–३ महाराजगञ्ज बस्ने ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई सार्वजनिक गरेका छन । 


आफूलाई डा. एस भट्ट आचार्य भनेर चिनाउने उनलाई प्रहरीले  बसुन्धारास्थित धौवलागिरी हिमाल पोलिक्लिनिकबाट नियन्त्रणमा लिएको अनुसन्धान कार्यालयले जनाएको छ ।


भट्टाचार्यले उक्त क्लिनिकसँगै नक्सालमा रहेको वी केयर पोलिक्लिनिकमा समेत काम गर्ने गरेको प्रहरीले बताए । 


उनले यस क्लिनिकमा विरामीहरुको उपचार गराएबापत उनले ७५० रुपैयाँ लिने गरेको खुलेको छ । 


भट्टाचार्यले आफूले चीनबाट एमबिबिएस पढेको दाबी गरेपनि प्रहरीले त्यसबारे आधार प्रमाण माग गर्दा भने देखाउन नसकेको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक निर्मलकुमार थापाले बताए । 


निरीक्षक थापाका अनुसार उनले प्रयोग गरेको नेपाल चिकित्सक संघ (एनएमसी) को नम्बर पनि अर्कै व्यक्तिको हो । प्रहरीले उनीबाट विभिन्न प्रमाणपत्र, कार्डहरू पनि बरामद गरेको छ । ती कार्ड र कागजातहरू सबै नक्कली नै भएको प्रहरीले दाबी गरेको छ । 


नक्कली डाक्टरले बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्न सक्ने भएकाले प्रहरीले उनीविरूद्ध इलाजसम्बन्धी कसुर र नक्कली कागजात खडा गरेको भन्दै लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD