१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंको बसन्तपुरमा ‘वाईडबडी भ्रष्टाचार’ बारे सार्वजनिक सुनवाई हुने


प्रकाशित: शुक्रवार, १० जेठ २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको बसन्तपुरमा जेठ ११ गते ‘वाईडवडी भ्रष्टाचार’ बारे सार्वजनिक सुनवाई हुने भएको छ । 


‘नेपालका लागि नेपाली अभियान’ले वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ गर्ने भएको आयोजकले जनाएको छ । 


नेपाल वायुसेवा निगमको हाईफ्लाई–एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०–२०० खरीद गर्ने सम्बन्धमा भ्रष्टाचार भएको भन्ने विषयमा सर्वसाधारण नागरिकलाई जानकारी दिन सार्वजनिक सुनवाईको आयोजना गरिएको अभियानकर्मी डा सुरेन्द्र भण्डारीले बताए । 


कार्यक्रम संयोजक सुकदेव भट्टराईले सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक र विषयका विज्ञको सहभागिता हुने जानकारी दिए । 


वाइडबडी भ्रष्टाचारबारे संसदीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताउँदै भ्रष्टाचारले मुलुकलाई विकास र समृद्धि हुनबाट बाधा पु¥याउने खतरा रहेको उनले बताए । 


त्यसैगरी अभियानका सदस्य डा ठाकुरमोहन श्रेष्ठले वाइडबडी भ्रष्टाचार काण्डमा आफूहरुले सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD