१२ श्रावण २०८१, शनिबार
Header

काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या, चार जना पक्राउ


प्रकाशित: आइतवार, ३० बैशख २०८१, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या आरोपमा प्रहरीले चार जनलाई पक्राउ गरेको छ । 


जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिवार राति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको  हत्या भएको हो ।


प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा हत्या भएको जस्तो देखिएको छ ।


प्रहरीले घट्नामा संलग्नको आरोपमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरेको छ । 


सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएको धिमाललाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex