१५ बैशाख २०८१, शनिबार
Header

काठमाडौंको फोहोर विसर्जनमा अबरोध हट्यो 


प्रकाशित: शुक्रवार, २० चैत्र २०७७, १८ः२० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं उपत्यकामा केही दिन भईरहेको फोहर विसर्जनमा अबरोध शुक्रवारबाट हटेको छ । 


काठमाडौँ महानगरपालिका र ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबिच भएको वार्तापछि फोहर विर्सजन हटेको महानगरपालिकाले जनाएको छ । 


फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राखी चैत १३ गतेदेखि उपत्यकाको फोहर फाल्न अवरोध गर्दै आएको थियो । 


वार्तामा उनीहरुका माग सम्वोधनका लागि प्रमुख विद्यासुन्दर शाक्यले प्रभावित क्षेत्रका वासिन्दाको शिक्षा र स्वास्थ क्षेत्रका लागि राखेका माग सम्वोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । 


प्रभावित क्षेत्रका ५१ जना शिक्षकको अस्थायी दरबन्दीका लागि काठमाडौँ महानगरपालिकाले तत्कालका लागि खर्च व्यहोर्ने,  जग्गा अधिग्रहनका सन्दर्भमा विज्ञटोली बनाएर प्रक्रिया अघि बढाउने, लगायतका सहमतिपछि फोहोर विसर्जनको अवरोध हटेको हो । 


यस पहिलो चरणको वार्तामा नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेँसी गाउँपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा रु तीन–तीन करोड व्यवस्था गर्ने भएको काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख हरि श्रेष्ठले बताए । 


प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पुर्वाधार निर्माण, १५ वटा बेड र चार जना डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने प्रस्ताव राखेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD