२९ बैशाख २०८१, शनिबार
Header

काठमाडौंको फोहोर विर्सजन नरोक्न सर्वोच्चको आदेश


प्रकाशित: सोमवार, १ साउन २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्नबाट नरोक्न अन्तरिम आदेश दिएको छ । 


सोमवार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले उक्त आदेश दिएको हो । फोहोरमैला व्यवस्थापन संघले दिएको रिटमा सो आदेश दिएको छ । 


आदेशमा भनिएको छ,‘काठमाडौंको फोहोर बोकेका टिपरसँग शुल्क उठाउने स्थानीय तहको निर्णय विरूद्ध परेको रिटमा निवेदकको माग बमोजिम अन्तरिम आदेश भएको छ ।’


संघले ककनी गाउँपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संघीय मामिला, वन तथा वातावरण र सहरी विकास मन्त्रालयलाई विपक्षी बनाइ आइतबार रिट दर्ता गरेको थियो । 


ककनी गाउँपालिकाले फोहोर बोकेका साना टिपरसँग एक हजार र ठूला टिपरसँग प्रतिगाडी एक हजार पाँच सय रूपैयाँ प्रवेश शुल्क उठाउने निर्णय विरुद्ध संघका तर्फबाट धनप्रसाद आचार्यले मुद्दा दर्ता गरेका थिए । 


यसैविच आजैबाट बञ्चरेडाँडा र सिसडोलका स्थानीयले काठमाडौंको फोहोर विसर्जन गर्न रोकेका छन । उनीहरुले विगतको सहमति कार्यन्वयन भएको भन्दै फोहोर बोकेर गएका टिपरहरु फर्काइदिएका थिए । 


ककनी गाँउपालिका वडा ३ का अध्यक्ष घननाथ बजगाइँ फोहोर फाल्ने स्थान र मानव वस्ती छुटयाउनु पर्ने माग राख्दै आन्दोलन सुरु गरेका छन ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD