७ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंको फोहर व्यवस्थापनमा स्वनियम लागु गरिने


प्रकाशित: मंगलवार, २० फागुन २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरको फोहर व्यवस्थापनको लागि नीजि क्षेत्रले स्वनियम दस्तावेज सार्वजनिक गरिएको छ ।


काठमाडौं महानगर प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले आईतबार स्वनियम दस्तावेज सार्वजनिक गर्दै स्वनियम लागु गराएर आफूलाई अनुशासित बनाउन खोज्नु सराहनीय काम भएको बताए । 


फोहोरमैला व्यवस्थापन संघ स्वमानद्वारा प्रकाशित पुस्तिकालाई ‘कार्यसञ्चालन, अनुगमन तथा मुल्याङ्कन सम्बन्धि निर्देशिका — २०७६’ नाम दिइएको छ । 


दस्तावेजमा कामदारको पोशाक, सुरक्षा सामाग्री, फोहरमैला संकलन गर्ने समय तालिका, कार्यपद्धति, सेवा शुल्क, सेवाग्राहीसँग गरिने व्यवहारलगायत व्यवस्था राखिएका छन । 


त्यस्तै दस्तावेजमा हिउँदको समयमा बिहान ६ बजेदेखि र बर्खाको समयमा बिहान ५ बजेदेखि सफाइ शुरु गरेर मुख्य सडकमा बिहान ८ बजेभित्र र भित्री सडकमा दिउँसो २ बजेभित्र फोहोर संकलनको काम सक्ने व्यवस्था गरिएको छ ।


फोहर व्यवस्थापनको लागि घर, अस्पताल, पसल आदीमा के कति शुल्क लिने भन्ने बार पनि दस्तावेजमा उल्लेख गरका छन । 


सबैभन्दा कम शुल्क १०० स्क्वायर फिटसम्ममा सञ्चालन भएका कस्मेटिक पसल, पत्रिका पसल, कपडा, फेन्सीको मासिक शुल्क ३ सय रुपैयाँ हो । २ परिवारसम्म बसोबास गर्ने एक परिवारको मासिक शुल्क ४ सय राखिएको छ भने २ परिवारभन्दा बढी भए प्रति परिवार १५० रुपैयाँ थप गरिएको छ ।


१०० बेडभन्दा माथिका अस्पतालको फोहर व्यवसथापनका लागि मासिक शुल्क न्युमतम ५० हजार र अधिकतम १ लाख रहेको छ । १०० बेडभन्दा तलका अस्पतालको मासिक शुल्क मासिक न्युनतम २५ हजार र अधिकतम ५० हजार राखिएको छ ।


निर्देशिकाका नाममा जारी स्वनियम व्यवस्थामा ६ वटा परिच्छेद र एउटा अनुसूची राखिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD