काठमाडौँ । काठमाडौंको पेपिस्कोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका ३ जनामा कोरोनाको आशंका गरिएको छ ।
परिवारका आमा, छोरा र बुहारीलाई ¥यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको ईकान्तिपुरले समाचार प्रकाशित गरेको छ ।
समाचार उनीहरुलाई अहिले पाटन अस्पतालमा भर्ना गरिएको छ । पीसीआर गर्नका लागि उनीहरुलाई पाटन अस्पताल भर्ना गरिएको हो ।
उनीहरु लण्डनबाट फर्किएको थियो । प्रहरीले सो बिल्डिङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अप्नाएको छ ।
Categorized in राष्ट्रिय