११ बैशाख २०८१, मंगलबार
Header

काठमाडौंको पार्किङ व्यवस्थपन गर्न राज्यमन्त्री मानन्धरको निर्देशन


प्रकाशित: आईतबार, ४ फागुन २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकाको पार्किङ व्यवस्थापन गर्न शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरोकारवालाई निर्देशन दिएका छन । 


मन्त्री मानन्धरले आइतबार ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालसहित सरोकारवालासँग छलफल गर्दै सो निर्देशन दिएका हुन ।


उपत्यकामा तत्कालीन र दीर्घकालीन पार्किङको योजना बनाउन मन्त्री मानन्धरले निर्देशन दिदै शहरमा खाली रहेका जमिनमा व्यवस्थित पार्किङ स्थल बनाउनु पर्ने बताए ।  


बागमती, विष्णुमती करिडोरमा पार्किङको व्यवस्था गर्नुपर्ने मन्त्री मानन्धरको भनाइ छ ।


मन्त्री मानन्धरले भित्री शहरमा नागरिकलाई सहज हुने गरी पार्किङ व्यवस्थापन मिलाउन आग्रह गरेका छन । 


त्यसैगरी मन्त्री मानन्धरले कलंकीबाट गौशालासम्मको सडक खण्डलाई ट्राफिक मैत्री बनाइउनका लागि आवश्यक सुझाव दिन ट्राफिक प्रमुख ढकाललाई निर्देशन दिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD