१३ बैशाख २०८१, बिहिबार
Header

काठमाडौंको पहिलो निर्वाचित मेयर जनकमान श्रेष्ठको निधन


प्रकाशित: शुक्रवार, २७ मंसिर २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं नगरपालिकाका पहिलो निर्वाचित मेयर श्री जनकमान श्रेष्ठको शुक्रवारबिहान निधन भएको छ । 


कलेजो सम्बन्धी क्यान्सर रोगबाट पीडित उहाँ ९२ वर्षको हुनुहुन्थ्यो ।


उहाँको निधनमा काठमाडौं महानगरपालिकाका प्रमुख श्री विद्यासुन्दर शाक्यले गहिरो दुःख व्यक्त गर्नुभएको छ । 


प्रमुख शाक्य आजै पशुपति आर्यघाट पुगी दिवंगत श्रेष्ठको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभयो । नेपालमा स्थानीय सरकारको जग बसाल्न दिवंगत श्री श्रेष्ठले खेल्नुभएको योगदानको पनि प्रमुख शाक्यले स्मरण गर्नुभएको छ । 


प्रमुख शाक्यले श्री श्रेष्ठका परिवारजन प्रति आफ्नो समवेदना पनि प्रकट गर्नुभएको छ । दिवंगत श्रेष्ठका श्रीमती एवं एक छोरा र एक छोरी हुनुहुन्छ ।  


वि.सं. २०१० सालमा भएको तत्कालीन काठमाडौं नगरपालिकाको पहिलो निर्वाचनबाट उहाँ नगरपालिकाको सभापति (मेयर) निर्वाचित हुनुभएको थियो । 


उहाँले न्याय सेवा प्रवेश गरी काठमाडौं जिल्ला अदालतमा न्यायाधीशका रुपमा पनि सेवा गर्नुभएको थियो । 


काठमाडौं महानगरपालिकाले गत वर्ष २४ औं महानगर दिवसका अवसरमा उहाँलाई महानगर सम्मानबाट सम्मानित गरेको थियो । 


आजै पशुपति आर्यघाटमा उहाँको अन्तिम संस्कार सम्पन्न भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD