१४ बैशाख २०८१, शुक्रबार
Header

काठमाडौंको न्यू प्लाजा डुवान क्षेत्र परेपछि उपप्रमुख खड्गीले गरिन अनुगमन


प्रकाशित: मंगलवार, १२ साउन २०७८, १९ः०० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौंको ‘न्यू प्लाजा’ डुवान क्षेत्रमा परेपछि काठमाडौं महानगर उपप्रमुख हरिप्रभा खड्गीश्रेष्ठले अनुगमन गरेकी छिन । 


सानो झरी भएपनि सो क्षेत्रमा पानी जम्ने तथा जलमग्न हुन थालेपछि सो समस्या बुझ्न सोमवार उपप्रमुख खड्गीश्रेष्ठले स्थानीयवासीसँग छलफल गरेका छन । 


स्थानीयले उपप्रमुख प्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडाध्यक्ष कुश ढकालसँग सो क्षेत्रमा पानी परेपछि देखिने समस्याहरु सुनाएका थिए । 


पानी पर्न थालेपछि डिल्लीबजार सिम्रिक गल्लीतिरबाट आएको खुल्ला ढलले एकैछिनमा डुवाउने गरेको तथा पुतलीसडक मोडबाट अनामनगरतर्फको सडक खण्ड जलमग्न हुन्छ । 


न्युप्लाजाबाट सिंहदरबार, रामशाहपथ हुँदै टुकुचा पु¥याइएको ढलको न्युप्लाजाबाट अगाडि कुन अवस्थामा छ हेर्न पाइँदैन । सिंहदरबारभित्र प्रवेश गर्न हाम्रो पहुँच पुगेन, ढलको बाटो त्यही हो । यसको निकास नभइ सडक क्षेत्रको डुवान रोकिँदैन ।


उनीहरुले गएको बर्ष पुतली सडकतर्फको ठूलो ढल बनाउँदा कुमारी बैङ्क अगाडि न्युप्लाजाबाट ३ फुटको ढल जोड्न सक्ने ठाउँ बनाइएको छ । बाँसघारी ओरोलोबाट करीव ३ सय मिटर ३ फुटको ढल जडान गर्ने हो भने माथिल्लो भागको समस्या समाधान हुन्छ ।


उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले ढल निकासको समस्या समाधान गर्न पहिले प्रारम्भिक अध्ययन, त्यसपछि प्राविधिक अध्ययन गरेर दिगो समाधान खोज्ने आश्वसन दिए ।


त्यसैगरी वडाध्यक्ष कुश ढकालले आफ्ना् वडाका २ ठाउँमा ढल निकासको समस्या रहेको बताए थिए । एउटा घट्टेकुलोमा एउटा न्युप्जाला क्षेत्रमा । हिजो ज्ञान पनि भएन र प्लान पनि गरिएन । त्यही भएर आज यो खालको समस्या भएको हो । 


भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाले, न्युप्लाजामा ढलको समस्या समाधान गर्न सिंहदरबार जोडिएको क्षेत्र र माथिल्लो क्षेत्र दुईवटै लाइनमा समाधान खोज्नुपर्ने बताए । 


स्थानीयकाअनुसार न्युप्लाजा क्षेत्रमा करीब ३ सय घर छन । तीमध्ये कतिपय घरहरुमा होस्टल चलेका छन । हरेक जसो घरमा कुनै न कुनै कार्यालय चलेका छन । ठूला शैक्षिक संस्थाहरु निर्माण भइरहेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD